शुक्रबार, फागुन ११, २०८०

जुम्लामा तीन महीनादेखि सडक अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

Metro Mart
worldlink
जुम्ला- अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु–लासी सडकखण्ड तीन महिनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ । 

सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भने । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् । 

“दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,” पातारासी–५ का मुनबहादुर बुढाले भने । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।