काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठकमै पत्रकारलार्इ रोक लगाइएको छ।
नवनिर्वाचित सभापति शशि श्रेष्ठको सभापतित्वमा मंगलबार बसेको पहिलो बैठकमै पत्रकार प्रवेशमा निषेध गरिएको हो।
समितिको बैठकमा समसामयिक विषयसहित निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठेको थियो। तर, समितिको बैठकमा भने पत्रकारलाई प्रवेशमा निषेध गरिएको जनाइएको छ।
यसअघि संसदीय समिति र लेखा समितिमा पत्रकारलार्इ प्रवेश दिइने प्रचलन थियो। तर, श्रेष्ठले समसामयिक विषयको छलफलमा समेत मर्यादापालक लगाएर पत्रकारलाई निषेध गरेकी हुन् । फोटो पत्रकार र भिडियो पत्रकारलाई बैठकमा जान रोकिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४