सोमबार, जेठ ४, २०८३

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

सभापति देउवाले बिहीबार मध्याह्न बस्ने गरी आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

National life

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले बिहीबार मध्याह्न बस्ने गरी आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्। 

पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेतालाई समेत आमन्त्रण गरेका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ। पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ। आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। आगामी ५ माघमा प्रतिनिधिसभा सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बताइन्छ।

प्रकाशित: Jan 12, 2023| 14:27 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...