शुक्रबार, कात्तिक ७, २०८२

प्रेस युनियन सुदूरपश्चिममा सर्वसम्मत कार्यसमिति चयन

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत चयन भएका छन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

धनगढी- नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत चयन भएका छन्। बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनले स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Kumaribank

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिलामा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन्। प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिलामा बन्दना बम र समावेशीमा भिमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा विरबहादुर गडाल चयन भएका छन्।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशव दत्त भट्ट, चन्द्रबहादुर खनाल, महिलामा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी,  डालीकसमारी पाण्डेय, दलितमा लक्ष्मण विक, आदिवासी-जनजातीमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसंख्यकमा धनबहादुर बोहरा र पदम भाट गाउँले चयन भएका छन्।

यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन्। लेखा समिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन्।

प्रकाशित: Jan 12, 2023| 14:26 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।