धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
आज अपरान्ह ४ बजे प्रदेश प्रमुख देवराज जाेशीले मुख्यमन्त्री रावलले शपथ ग्रहण गराउनेछन्।
२९ सांसदको समर्थनसहित बुधवार साँझ प्रदेश प्रमुख जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ।
माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन्। र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।