काठमाडौं- तेहृथुम सरोकार समाज नेपालको अध्यक्षमा मोहन डाँगी चयन भएका छन्। राजधानीमा सम्पन्न छैठौं साधारण सभाले डाँगीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
साधरण सभाले समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम ढुंगेल, उपाध्यक्षमा गणेश घिमिरे, चिरन्जिवी खतिवडा र हरिपतिलाल श्रेष्ठ चयन भएका छन्। महासचिवमा केशव भट्टराई, उपमहासचिवमा योगेन्द्र कुरुम्बाङ, सचिवमा भगिमान गुरूङ र वीरेन्द्र कुरूम्बाङ, कोषाध्यक्षमा रामप्रसाद बिमली, सह कोषाध्यक्षमा रामप्रसाद लकान्द्रीलाई चयन गरेको छ।
साधारण सभाले टेकराज कार्की, कुलचन्द फोम्बो, बिकास ढकाल, शम्भु फोम्बो, जगदिश भट्टराई, कृष्णभक्त गड्तौला, सुमन बुढाथोकी, टिका सुनार, बसन्त खापुङ र कुन्तीदेवी फोम्बोलाई समाजको सदस्यमा निर्वाचित गरेको छ। सभाको निर्णयअनुसार समाजको प्रथम बैठकले अन्य चार जना सदस्य मनोनित गरी २५ सदस्यीय समिति बनाउने अध्यक्ष डाँगीले नेपाल समयलाई बताए।
तेह्रथुम सरोकार समाजका निवर्तमान अध्यक्ष विजय सम्बाहाम्फेले नवनिर्वाचित कार्यसमितिलाई अविर र दोसल्ला ओढाइ बधाई ज्ञापन गरे। समाजको विधान अनुसार समितिको कार्यकाल दुई वर्षको हुनेछ।
साधारण सभाको उद्घाटन सत्रमा समाजका निवर्तमान कोषाध्यक्ष योगेन्द्र कुरुम्बाङ्ले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव हरिपतिलाल श्रेष्ठले समाजको कार्यप्रतिवेदन प्रस्तुत गरेका थिए।
साधरण सभामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरूङ, सांसदहरू भवानी खापुङ, बिजय सुब्बा, तेजमान कन्दङ्वा, लछुमन तिवारी लगायतले मन्तब्यसहित सुझाव दिएका थिए। कार्यक्रमलाई रोमान्चक बनाउन शम्भू फोम्बोको समूहले सांगीतिक प्रस्तुती दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४