बुधबार, मंसिर २४, २०८२

सुदूरपश्चिममा सभामुखको निर्वाचन आज

सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ। दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ। दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

National life

निर्वाचन तालिका अनुसार हिजो मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो। निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन्।

अन्तिम समय सम्म पनि उम्मेदवारी फिर्ता नभएपछि आज यी दुवै बिच सभामुखको लागि चुनाव हुने छ। माओवादी केन्द्रका भण्डारीलाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने कांग्रेसका रावललाई कांग्रेससहित नेकपा एकीकृत समाजवादीको साथ छ। यहाँ एक स्वतन्त्र उम्मेदवार छन्। उनले कता मत दिने भन्ने बारे अझै निर्णय गरिसकेका छैनन्।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।

सत्ता गठबन्धनको साथ हुँदा माओवादीका भण्डारी सभामुखको निर्वाचित हुने निश्चित जस्तै छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2023| 07:35 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।