शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयका बाधक’

‘केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयका बाधक’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रिकृत सत्तामा रमाउनेहरु संविधान र संघीयता कार्यान्वयनको बाधक बनिरहेको आरोप लगाएका छन्। 

आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिरहेको बेला संघीय समाजवादी फोरमका उपाध्यक्ष समेत रहेका राउतले यस्तो आरोप लगाएका हुन्।

पार्टीको प्रादेशिक भेलालाई विराटनगरमा सम्बोधन गर्दै राउतले राजनीतिक दलका नेताहरुले संघीयतालाई थोरबहुत स्वीकार गरेपनि स्थायी सत्ताका प्रतिनिधिहरुले अझै अंगिकार गर्न नसकेको बताए ।

संविधानमा भएकै व्यवस्थाहरु कार्यान्वयन गराउन सातै प्रदेशका मुख्यमन्त्रीहरुको पोखरा बैठकले एजेन्डा तय गरेकै कारण प्रधानमन्त्रीले बैठक स्थगित गरेको उनको आरोप छ। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित देखिएका राउतले बैठक स्थगित गर्ने प्रवृत्तिले केन्द्रिकृत मानसिकतालाई थप प्रष्टाएको जिकिर गरे।

प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा नेकपाकै सरकार रहेपनि संघीय सरकारले अधिकारी दिन नचाहनुले उनीहरुको नियतमै प्रश्नचिन्ह खडा भएको राउतले बताए।

संविधानमा रहेका पहिचान र संघीयतासम्बन्धी प्रावधानहरुलाई संस्थागत गर्दै थप अधिकारका लागि लडदै जाने पार्टीको नीतिप्रति कुनै द्धिविधामा नपर्न राउतले नेता कार्यकर्ताहरुलाई आग्रह गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।