विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने भएका छन्।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि बुधबार प्रदेशसभामा सुचना दिएका छन्।
एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।