शुक्रबार, साउन १, २०८३

 सर्वोच्चबाट छुटे 'विप्लव माओवादी' नेता प्रकाण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 'विप्लव' समूहका प्रवक्ता खड्कप्रसाद विश्वकर्मा 'प्रकाण्ड' रिहा भएका छन्। 

सर्वोच्च अदालतका न्यायाधीशद्‍वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न आदेश दिएको हो। उक्त आदेशसँगै प्रकाण्ड थुनामुक्त भएका छन्। 

सान २३ गते पहिलोपटक सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलार्इ सर्वोच्चले पटक-पटक थुनामुक्त गर्न आदेश जारी गरेपनि प्रहरीले विभिन्न मुद्दामा उनलार्इ पुन: पक्राउ गर्ने गरेको थियो। 

पछिल्लो पटक वम विस्फोटको मुद्दामा उनलार्इ उदयपुर पुर्‍याइएको थियो। 

यसअघि २९ भदौमा सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै गैरकानूनी थुनामा राख्न नमिल्ने भन्दै रिहाको आदेश गरेपनि सोही बेलुका सर्वोच्च परिसरबाटै नियन्त्रणमा लिएको थियो। 

यसअघि सर्वोच्चले आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको थियो। 

संविधानको धारा १२८ को उपधारा ४ मा सर्वोच्चले ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ।

विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो। उनलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।