बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

Siddartha premir insuranceSiddartha premir insurance

इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
 |  बुधबार, पुस २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

इटहरी- इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

himalayan bank box

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदैछ। 

आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ।

नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए।

प्रतियोगितामा साविक विजेता विभागीय टोली एपीएफ क्लबसहित सात प्रदेश टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए। अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुंगो लागिसकेको उनले बताए।

Metro Mart
vianet

विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २०, २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्च हुने अनुमान गरिएको छ। सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

प्रकाशित: Jan 11, 2023| 07:04 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।