आइतबार, कात्तिक १६, २०८२

प्रदेश १ : सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। उनलाई नेकपा एकिकृतले पनि समर्थन गरेको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९
Kumaribank
Metro Mart

विराटनगर- प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। उनलाई नेकपा एकिकृतले पनि समर्थन गरेको छ।

ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद गौतमको प्रस्तावकमा एमालेका रेवतीरमण भण्डारी रहेका छन्। समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन्।

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ। मंगलबार साँझ ५ वजे सम्मको मनोनयनको समय सम्ममा गौतमको मात्रै उम्मेदवारी परेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले बताए। सभामुखको निर्वाचन भने पुस २८ गतेका लागि निर्धारण गरिएको छ।

प्रकाशित: Jan 10, 2023| 18:55 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।