बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी२० लिग: जनकपुरलाई हराउँदै विराटनगरले पक्का गर्‍यो लुम्बिनीसँगको फाइनल

टी२० लिग: जनकपुरलाई हराउँदै विराटनगरले पक्का गर्‍यो लुम्बिनीसँगको फाइनल

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा दोस्रो क्वालिफायरको खेलमा जित निकाल्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। भोलि हुने फाइनल खेलमा अब विराटनगरले लुम्बिनी अलस्टार्सको सामना गर्नेछ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगरले सुपर किंग्सले काठमाडौंमा जारी नेपाल टी–२० लिगको फाइनलमा स्थान बनाएको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा दोस्रो क्वालिफायरको खेलमा जित निकाल्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। भोलि हुने फाइनल खेलमा अब विराटनगरले लुम्बिनी अलस्टार्सको सामना गर्नेछ।

National life

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले जनकपुरसामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गर्यो उसले। जवाफमा राम्रो सुरुआत गरे पनि जनकपुर पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १२८ रनमै समेटियो।

खेलको १५ ओभर सकिँदासम्म जनकपुर लयमा थियो। उसले ११० रन बनाएर चार विकेट मात्र गुमाएको थियो। तर १६ औं औभरको तेस्रो बलमा र १७ औं ओभरको पहिलो बलमा जनकपुरले विकेट गुमाएपछि ऊ धेरै कमजोर अवस्थामा पुग्यो। उसले तीन ओभर र पाँच बल बाँकी रहँदा ११६ रन मात्र बनाएको थियो। त्यसपछि लगातार विकेट गएरपछि जनकपुरले सम्हालिएर खेल्नै सकेन।

पहिलो इनिङ्समा विराटनगरका ओपनर गौरवान्सु शर्माले सर्वाधिक ४२ रन बनाए। उनले चार बाउन्ड्रिको सहयोगमा त्यति रन बनाएका थिए। त्यस्तै, अर्का ओपनरले अर्जुन साउदले ३५ रन बनाउँदै ओपनिङमा यि दुई खेलाडीले ५९ रनको साझेदारी गरेका थिए।

खेलमा हुसैन तलातले ३१ र राज नाननले ३३ रन जोडे। विराटनगरका कप्तान रोहितकुमार पौडेल भने एक रनमै पभेलियन फर्किए। अघिल्लो खेलमा विश्फोटक ब्याटिङ गरेका विवेक यादबले ६ रन थप्दा अमरसिंह रौटेला ६ र पृथु बास्कोटा दुई रनमा अविजित रहे।

Laxmi sunrise bank

बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए भने समिउल्लाह सिन्वारी, ललित राजवंशी र सरफुद्दिन अस्रफले समान एक विकेट लिएका थिए। जवाफमा जनपुरले पहिलो ओभरमै ओपनर शरफुद्दिन असरफलाई गुमाउन पुग्यो। उनी चार रन बनाउँदै रनआउट भए। त्यसपछि जनकपुरका ट्रिभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरेका हुन्। वाल्टनले ४७ बलमा छ चौकाका साथ ५१ रनको अर्धसतकीय पारी खेलेका थिए।

त्यस्तै, कप्तान ग्रिफिथले ३४ रन बनाएका थिए। क्वालिफायरमा सन्दिप जोराले ९, खडक बोहराले १४ रन बनाएका थिए। निकै कसिलो बलिङ गरेको विराटनगरका लागि कियोन जोसेपले तीन विकेट लिए भने नन्दन यादव र राज नन्ननले समान दुईदुई विकेट लिएका थिए। एक विके लिनेमा हुसेत तलात र सूर्य तामाङ रहे।


प्रकाशित: Jan 10, 2023| 15:58 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।