शनिबार, कात्तिक १, २०८२

नेपाल टी-२० लिगको फाइनल पुग्न जनकपुरलाई १६८ रनको लक्ष्य

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर सुपर किङ्सले जनकपुर रोयल्ससामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० को दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सले १६८ रनको लक्ष्य पाएको छ। खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर सुपर किङ्सले जनकपुर रोयल्ससामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको हो। 

Kumaribank

पहिले ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गर्‍यो। 

विराटनगरका ओपनर गौरान्सु शर्माले सर्वाधिक ४२ रन बनाएका छन्। अर्को ओपनरले अर्जुन साउदले ३५ रन बनाउँदै ओपनिङमा यि दुई खेलाडीले ५९ रनको साझेदारी गरेका थिए।

खेलमा हुसैन तलातले ३१ र राज नाननले ३३ रन जोडे। विराटनगरका कप्तान रोहितकुमार पौडेल भने एक रनमै पभेलियन फर्किए। अघिल्लो खेलमा ब्याटिङ गरेका विवेक यादबले ६ रन थप्दा अमरसिंह रौटेल ६ र पृथु बास्कोटा दुई रनमा अविजित रहे।

बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए भने समिउल्लाह सिन्वारी, ललित राजवंशी र सरफुद्दिन अस्रफले समान एक विकेट लिएका थिए। 

Metro Mart

आजको खेलमा जुन टिमले जित निकाल्छ उसले फाइनलमा लुम्बिनी अल स्टारको सामना गर्नेछ। प्रतियोगिताको फाइनल खेल लिगको फाइनल खेल बुधबार हुनेछ।

प्रकाशित: Jan 10, 2023| 14:28 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।