शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल च्याम्पियनसिपमा महिलातर्फ एपिएफको जित, न्यु डायमन्ड सेमिफाइनलमा

भलिबल च्याम्पियनसिपमा महिलातर्फ एपिएफको जित, न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको मंगलबार विहानको खेलमा उपाधि दाबेदार नेपाल एपिएफ क्लबले जित निकालेको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं–  काठमाडौंमा जारी सातौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको मंगलबार विहानको खेलमा उपाधि दाबेदार नेपाल एपिएफ क्लबले जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित दर्ता गराएको हो। 

triton college

पहिलो सेटमा गण्डकी प्रदेशले १५ अंब बनाउँदै विभागीय टिमले निर्धारित २५ अंक पुरा गरेको थियो। पहिलो सेटमै सहज जित निकालेको उसले बाँकी खेलमा पनि उस्तै जित निकाल्यो। पछिल्ला दुवै सेट क्रमश २५–१० र २५–११ ले आफ्नो पक्षमा पार्दै एपिएफले लिगको समूह बीमा पहिलो तीन अंक जोड्न सफल भएको हो। एपिएफकी स्पाइकर सरस्वती चौधरी खेलमा उत्कृष्ट भइन।

गण्डकीले यो प्रतियोगिताका लागि तीन भारतीय खेलाडी बोलाएको थियो। तर विदेशी खेलाडी नेपाल आउन नपाउँदा उसले नेपाली खेलाडीहरुलाई नै खेलाइरहेको छ। समूह बीमा आर्मीको पनि ३ अंक छ भने गण्डकी र कृष्ण सेकेन्डरी एकेडेमीले खाता खोल्न सकेको छैनन्।

आजै भएको दोस्रो खेलमा एभरेस्ट एकेडेमीविरुद्ध जित निकाल्दै होङ्गान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। साविक विजेतासमेत रहेको न्यु डायमण्ड समूह चरणको एक खेल बाँकी छँदै च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको हो।

डायमन्डले लगातर दुई खेलमा जित निकालेसँगै नेपाल पुलिस क्लब पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ। यता, एभरेस्ट र नयाँ बजार सामाजिक युवा क्लब भने अंक विहीन हुँदै बाहिरिएको छ।

corrent noodles
Metro Mart

कभर्डहलमा मंगलबारको दोस्रो खेलमा डायमन्डले एभरेष्टमाथि ३–० को सोझो सेटमा जित निकालेको हो। खेलको पहिलो सेटमा २५–७, दोस्रो सेट २५–१० ले आफ्नो पक्षमा पारेको न्यु डायमन्डले तेस्रो सेटमा २५–१२ खेल आफ्नो पक्षमा पार्यो। यो जितसँगै डायमन्डले समूह ‘ए’ मा २ खेलबाट ६ अंक बनाएको छ। पुलिसको पनि समान २ खेलबाट ६ अंकका साथ सेमीफाइनल पुगेको हो।

प्रकाशित: Jan 10, 2023| 12:40 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।