शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आधा घण्टाभन्दा ढिलो गरी भयो टस, विराटनगरले पहिले ब्याटिङ गर्ने

आधा घण्टाभन्दा ढिलो गरी भयो टस, विराटनगरले पहिले ब्याटिङ गर्ने

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा निर्धारित समयभन्दा ४० मिनेटपछि मात्र टस हुन सकेको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं – कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा निर्धारित समयभन्दा ४० मिनेटपछि मात्र टस हुन सकेको छ। जनकपुर रोयल्सका खेलाडी समयमै मैदानमा उपस्थित हुन नसकेपछि प्रतियोगितामा ढिलो गरि टस भएको हो।

Kumaribank

विराटनगर सुपर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। यससँगै जनकपुरले भने पहिले फिल्डिङ गर्ने भएको छ।

अहिलेसम्म जनकपुरका खेलाडीले ६५ प्रतिशत मात्र पारिश्रमिक पाएका छन्। र, आजको खेलमा जुन टिमले हार बेहोर्छ त्यो टिम प्रतियोगिताबाटै बाहिरिनेछ। त्यसैले खेलाडीको पेमेन्टको कुरा अघि बढेको हो।

पुरा पारिश्रमिक नपाउँदै काठमाडौं नाइट्स र फार वेस्ट युनाइटेड भने बाहिरिसकेका छन्। पोखरा एभेन्जर्स र लुम्बिनी अलस्टार्समा भने पारीश्रमिकको समस्या नभएको खेलाडीले बताएका छन्।

प्रकाशित: Jan 10, 2023| 12:39 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।