शनिबार, जेठ ५, २०८१

जनकपुर मैदानमा नआएपछि टसमा ढिलाइ

दिउँसो १२ बजेबाट सुरु हुनुपर्ने खेल जनकपुर समयमै मैदान नआएपछि टसमा ढिलाइ भएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत दोस्रो क्वालिफायर खेलमा पनि टसमा ढिलाइ भएको छ। दोस्रो क्वालिफायरमा आज विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सको सामना गरिरहेको छ।

triton college

आजको खेल दिउँसो १२ बजेबाट सुरु हुनुपर्ने हो। तर जनकपुर समयमै मैदान नआइपुगेपछि टस ढिलो हुने भएको हो। खेलाडीको पारिश्रमिकको विषयलाई लिएर लिगको बीचमै समस्या भइरहेको छ।

यसै विषयले धेरै खेलको टसमा ढिलाइ भइरहेको छ। पारिश्रमिकको कुरा के भन्ने प्रश्नमा अघिल्लो खेलपछि जनकपुरका सिनियर खेलाडी सोमपाल कामीले भनेका थिए, ‘तपाईंहरूलाई जे लागिरहेको छ, त्यो कुरा सत्य हो। खेलाडीहरू स्वतन्त्र रुपले खेल्न सकिरहेका छैनन्। यस्तै कारणले हाम्रो टिमको म्याच विनर खेलाडी होटलमै छन्।’

लिगको समय नेपाल क्रिकेट संघ(क्यान)सँग पहिले वार्ता भएको थियो। त्यसैले यसअघिसम्म सोमपालसहित जनकपुर टिम विश्वस्त थियो। उनले भनेका थिए, ‘केही–केही पेमेन्ट मात्र भइरहेको छ। अब एक–दुई दिनमा पूरा हुन्छ होला।’

एक खेल अघिसम्म जनपुरका खेलाडीले ६५ प्रतिशत मात्र पारिश्रमिक पाएका थिए। तर सम्झैताअनुसार लिग नसकिँदै सबै पैसा दिनुपर्ने हुन्छ। क्लबका मालिक पनि विश्वस्त नभएको दाबी छ। आजको खेलमा समयमै उपस्थित नहुनु भनेको उनीहरूले पैसा पाएका छैनन भन्ने नै हो।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 10, 2023| 12:11 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।