बुधबार, साउन २८, २०८२

कांग्रेस संसदीय दलको बैठक चार घन्टा पछि सारियो

धुम्बाराहीमा जारी पदाधिकारी बैठक लम्बिएका कारण कांग्रेसले संसदीय दलको बैठकको समय सारेको हो।
 |  मंगलबार, पुस २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसको ९ बजे बस्ने भनिएको संसदीय दलको बैठक चार घन्टा ढिलो गरी पर सारिएको छ। मंगलबार बिहान ९ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको कांग्रेस नेता एवं सांसद रामहरि खतिवडाले बताएका हुन्।

धुम्बाराहीमा जारी पदाधिकारी बैठक लम्बिएका कारण कांग्रेसले संसदीय दलको बैठकको समय सारेको हो। कांग्रेसमा वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा दुईमत छ।

सोमबार प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका थिए। देउवाले मंगलबार पदाधिकारी र संसदीय दलको बैठकबाट यस विषयमा निर्णय गरिने जानकारी प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए।

प्रकाशित: Jan 10, 2023| 10:43 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...