शनिबार, जेठ ५, २०८१

टी२० लिगको फाइनल प्रवेशका लागि विराटनगर र जनकपुर भिड्दै

फाइनल पुग्नका लागि आज विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सको सामना गर्नेछ। विराटनगरले सोमबारमात्र खेल खेलेको थियो। उसले एक दिनको आराम पाएको जनकपुरको सामना गर्नुपर्ने छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी२० लिगमा आज दोस्रो क्वालिफायरको एक खेल हुँदैछ। दिउँसो १२ बजेबाट सुरु हुने यो खेलको विजेता टिमले फाइनलमा स्थान सुरक्षित गर्नेछ।

triton college

फाइनल पुग्नका लागि आज विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सको सामना गर्नेछ। विराटनगरले सोमबारमात्र खेल खेलेको थियो। उसले एक दिनको आराम पाएको जनकपुरको सामना गर्नुपर्ने छ।

विराटनगरका कप्तान रोहित कुमार पौडेलले जनकपुर निकै राम्रो टिम भएको बताएका छन्। उनले भने, ‘जनकपुर बलियो टिम हो। क्रिकेटको बेसिक फलो गरेर खेल्यौँ भने हामीले जित निकाल्छौं भन्ने लागेको छ।’

यता, जनकपुरका सिनियर खेलाडी सोमपाल कामीले पनि विराटनगरसँगको खेल सजग भएर खेल्ने बताएका थिए। ‘अब हाम्रो तयारी गर्नुपर्ने त केहि पनि छैन। त्यसैले यो खेलको नतिजासम्मको पर्खाइमात्र हो। मैदानमा हामी हाम्रो बेस्ट दिनेछौं,’ उनले आइतबारको खेलपछि भनेका थिए।

अहिले भइरहेको लिगमा आज खेल्ने दुवै टिमका खेलाडीले सम्झौता अनुसारको रकम पाएका छैनन्। विराटनगरका एकजना खेलाडीको मात्र पूरा पैसा आएको छ। बाँकीले सबै रकम पाइसक्नु पर्नेमा पाएका छैनन्। ‘तलबको इस्यू अझैसम्म नै छ। हाम्रा खेलाडीहरुले अहिलेसम्म ६५ प्रतिशतमात्र पाएका छन्। सम्झौता अनुसार सबै पाइसक्नु पर्ने थियो,’ सोमपालले जनकपुर टिमबारे भनेका छन्।

corrent noodles
Metro Mart

खेलाडीले समयमा पैसा नपाएपछि त्रिवि मैदानमा टसको समय हेरफेर भइरहेको छ। खेलाडीले खेल्न नमानेपछि टस ढिलो हुने गरेको छ। आजको खेलमा विजेता हुने टिमले फाइनलमा लुम्बिनी अलस्टार्सको सामना गर्नेछ।

प्रकाशित: Jan 10, 2023| 09:18 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।