बुधबार, पुस १६, २०८२

ग्यारेथ बेलले गरे संन्यास घोषणा

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका हुन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- वेल्सका कप्तान ग्यारेथ बेलले संन्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका हुन्।

National life

वेल्सबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने ३३ वर्षे बेलले आफूले धेरै सोचविचारपछि यो निर्णय लिएको बताएका छन्। सबैभन्दा मन पर्ने खेल खेल्ने सपना साकार गर्न पाउँदा आफू निकै भाग्यमानी ठानेको भन्दै उनले खेलाडीको रूपमा फुटबलबाट बिदा लिने निर्णय गरेको लेखेका छन्।

सन् २०१६ देखि २०२२ सम्म वेल्सले हासिल गरेका सबै सफलतामा उनी प्रमुख भूमिकामा थिए। उनको कप्तानीमा वेल्स सन् १९५८ पछि पहिलो पटक फिफा विश्वकपमा छनोट भएको थियो भने युरोपेली च्याम्पियनसिपमा पनि राम्रो छाप छोड्न सफल भएको थियो।

बेलले अन्तर्राष्ट्रिय करियरमा १ सय ११ खेल खेल्दा ४१ गोल गरेका छन्। बेलले इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको करिअर सुरूआत गरेका थिए। त्यसपछि उनी टटेनहम हुँदै कीर्तिमानी रकममा स्पेनिस क्लब रियल म्याड्रिडमा सन् २०१३ को सेप्टेम्बरमा ८० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए।

उनले रियललाई तीन ला लिगा जिताएका थिए। उनले रियलबाट पाँच पटक च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, तीन युइएफए सुपर कप र एक स्पेनिस कप जितेका थिए। उनले पछिल्लो समय अमेरिकाको मेजर सकर लिग क्लब लस एन्जलसमा व्यावसायिक फुटबल खेलेका थिए।

Laxmi sunrise bank

प्रकाशित: Jan 10, 2023| 08:57 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।