बुधबार, पुस १६, २०८२

प्रदेश १ मा मन्त्रालयको संख्या घटाइने

प्रदेश १ को नवगठित पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

विराटनगर- प्रदेश १ को नवगठित पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।

National life

सोमबार शपथ ग्रहणपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १४ वटा मन्त्रालयको संख्या घटाएर नौ वटा बनाउने निर्णय गरेको हो। 

बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्वतयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने निर्णय पनि गरेको छ।

मन्त्रालय र मन्त्री धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्या घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको हो।


प्रकाशित: Jan 09, 2023| 20:03 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।