सोमबार, जेठ ४, २०८३

कांग्रेससँग विश्वासको मत माग्न प्रधानमन्त्री धुम्बाराहीमा

भोलि मंगलबार संसद्‍बाट विश्वासको मत लिने प्रक्रियामा जान लागेका प्रधानमन्त्रीले कांग्रेसको मत माग्न देउवालाई भेटेका हुन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

National life

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्। भोलि मंगलबार संसद्‍बाट विश्वासको मत लिने प्रक्रियामा जान लागेका प्रधानमन्त्रीले कांग्रेसको मत माग्न देउवालाई भेटेका हुन्। 

धुम्बाराहीस्थित अस्थायी निवासमा बसिरहेका देउवासँग प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको बताइएको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिने/नदिनेबारे मंगलबार निर्णय गर्ने भएको छ।

प्रकाशित: Jan 09, 2023| 19:32 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...