शनिबार, जेठ ५, २०८१

एफए कपबाट बाहिरिएपछि दयनीय अवस्थामा चेल्सी

पोटर क्लबमा प्रवेश गर्नेबित्तिकै चेल्सीको यात्रा ओरालो लागिरहेको छ। प्रिमियर लिगमा समेत अहिले चेल्सी १०औं स्थानमा छ भने गए राती लज्जास्पद हार बेहोर्दै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– रसिया–युक्रेन युद्धका कारण चेल्सीका पुराना मालिक रोमन इब्राहिमोबिच प्रिमियर लिग र इंग्ल्यान्डका सबैजसो व्यवसायबाट बाहिरिनु परेपछि टोड बोहरले चेल्सीको स्वामित्व ग्रहण गरेका छन्। बोहरले चेल्सी लिनुअघि क्लब तालिकाको शीर्ष ४ भित्र थियो।

triton college

दुई सिजनअघि मात्र च्याम्पियन्स लिगको उपाधि जितेको चेल्सीमा यो वर्ष रहिम स्टार्लिङ पनि थपिएका छन्। उनी निकै चामत्कारिक फर्वार्ड मानिन्छन्। तर इंग्ल्यान्डको एफए कपअन्तर्गत गए रातीको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीसँग ४–० को लज्जापद हार बेहोरेको छ।

चेल्सीमा टोडले पाइला राखेपछि उनले क्लबलाई बदल्न चाहेका थिए। त्यसै कारण १०० दिन नपुग्दै जर्मन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेर ग्राहम पोटरलाई म्यानेजरमा नियुक्त गरेका थिए। टुचेलको समय क्लबले निकै उत्कृष्ट प्रदर्शन गरिरहेको मात्र थिएन, उसले लिगको शीर्ष ४ मा निकै राम्रो प्रदर्शन गरिरहेको थियो।

तर पोटर क्लबमा प्रवेश गर्नेबित्तिकै चेल्सीको यात्रा ओरालो लागिरहेको छ। प्रिमियर लिगमा समेत अहिले चेल्सी १०औं स्थानमा छ भने गए राती लज्जास्पद हार बेहोर्दै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ। दुई सिजनअघि मात्र चेल्सी कपको फाइनलसम्म पुगेको थियो तर अहिले त्यस्तो अवस्था रहेन।

पोटर क्लबमा प्रवेश गर्नेबित्तिकै चेल्सीको यात्रा ओरालो लागिरहेको छ। प्रिमियर लिगमा समेत अहिले चेल्सी १०औं स्थानमा छ भने गए राती लज्जास्पद हार बेहोर्दै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

ब्राइटनका पूर्वमेनेजरले स्ट्याम्फर्ड ब्रिजमा लगातार हार बेहोरिरहेसँगै उनको क्लबले सकारात्मक लक्षण देखाउन सकेको छैन। पछिल्ला आठ खेलमा उनको टिमले एक मात्र जित निकाल्न सक्यो।

corrent noodles
Metro Mart

चेल्सीले पहिलो हाफमा नै कमजोर प्रदर्शन गरेर तीन गोलको सामना गरिसकेको थियो। खेलअघि प्रशिक्षकले भनेका  थिए, ‘चेल्सीले अहिले प्रस्टसँगै क्लबको हिसाबले खराब यात्रा गरिरहेको छ।’

गए राती रियाद महरेजको दुई गोलसँगै जुलियन अल्वारेज र फिल फोडेनले समान १–१ गोल गरेपछि खेलमा सिटीले फराकिलो जित निकालेको थियो। चेल्सीलाई २० महिनामा तीन उपाधि दिलाएका प्रशिक्षक टुचेललाई चेल्सीले बर्खास्त गरेपछिको खराब नतिजाको शृंखला हो, यो।

अहिले चेल्सी च्याम्पियन्स पुग्ने अंकभन्दा १० अंकले पछि परिसकेको छ। गत वर्षको सेप्टेम्बरमा जब चेल्सी छैटौं स्थानमा थियो, उतिबेला उसले खेलाडी सरुवा बजारमा २५५ मिलियन पाउन्डभन्दा धेरै खर्च गरेको थियो। तर चेल्सीमा पोटरलाई स्थान दिने टोडको निर्णयले अहिलेसम्म पनि लाभांश दिन सकेको छैन।

उनले गए रातीको खेललाई दुःखद भएको बताएका छन्। यो खेलमा चेल्सीले आफ्ना ९ खेलाडीलाई मैदानबाहिर राख्नुपरेको थियो। चेल्सीका खेलाडीलाई चोटले सताउनु पनि यात्राको अवरोह भएको उनले बताए । यस कारण किशोर खेलाडी बसिर हम्फ्रेसलाई खेलाउनुपरेको उनको भनाइ छ। ‘थोरै समयमा नतिजा सकारात्मक नहुन सक्छ। हामीले कारणलाई हरेर पनि अवस्था बुझ्न र क्षमा दिन सकिन्छ। साथै, यो अवस्थामा व्यवस्थापन गर्न सक्नु पनि राम्रै होइन?’

उनले आफ्नो कर्तव्य पालना गर्नको विकल्प नभएको र अझै कडा मिहिनेत गर्ने बताएका छन्। 

प्रकाशित: Jan 09, 2023| 18:30 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।