सोमबार, जेठ ४, २०८३

जनताले कुनै पनि दललाई पूर्ण विश्वास गर्न सकेनन्: लिङ्‍देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न नसकेको बताएका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

National life

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न नसकेको बताएका छन्।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले अहिले विभिन्न दलको उपस्थिति जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न नसक्नुको प्रतिविम्ब भएको बताए।

‘अघिल्लो पटक धेरै साथी संसदमा ल्याउँछु भनेको थिएँ। धेरै त ल्याउन सकिनँ तर, जनताको भावनाको बलियो प्रतिनिधिका रूपमा संसदमा आएका छौं,’ उनले भने। उनले सबै दल मिलेर देशको विकास हुन सक्छ भन्ने सन्देश जाने भएकाले कसैलाई निषेध गरेर एक्लै अघि बढ्ने अधिकार कुनै पनि राजनीतिक दललाई नभएको धारणा राखे।

प्रकाशित: Jan 09, 2023| 14:23 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...