शुक्रबार, मंसिर १२, २०८२

'केन्द्रको मतलब छैन' भन्दै एमालेलाई दीपक मनाङेको समर्थन

नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

पोखरा– नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन्।

National life

एमाले संसदीय दलका नेता खगराज अधिकारीले केही बेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँदै छन्। 

केन्द्रमा भने एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ। तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन्। सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए। उनले अहिलेको आवश्यकता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकै ठाउँमा रहनुपर्ने पनि बताए।

‘केन्द्रमा के हुन्छ, मलाई मतलब भएन। यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ। हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ।

प्रकाशित: Jan 09, 2023| 14:10 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।