शुक्रबार, साउन १, २०८३

९ वर्षिया बालिकाको शंकास्पद अवस्थामा शव भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कास्की- घरबाट हराएको १२ घण्टा नबित्दै पोखरा कुदीकी नौ वर्षीया बालिका श्रीया सुनार मृत अवस्थामा फेला परेकी छन् । 

उनी घर नजिकैको सडक छेउमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले नेपाल समयलाई जानकारी दिए । 

श्रीया सोमबार साँझ घरबाट हराएकी थिइन् । परिवारका सदस्यले छोरी घरमा नभएपछि वरपर खोजी गरेका थिए । नजिकैका आफन्तकोमा पनि छोरी नभएको पाएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । 

बालिका हराएको खबर पाएपछि खोजी कार्य तीब्र रुपमा सञ्चालन गर्दा उजुरी परेको भोलिपल्ट बिहान सडक छेउमा मृत अवस्थामा फेला पारिएको रानाले बताए । 

घटना स्थल पुगेका एसपी रानाले बालिकाको शव शंकास्पद अवस्थामा फेला पारेको र घटना बारे अनुसन्धान जारी राखेको बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।