शुक्रबार, कात्तिक ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९
Kumaribank
Metro Mart

काठमाडौं- भारतको गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा तीनजना नेपालीको ज्यान गएको छ। गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो। बसमा ६६ जना यात्रु रहेको र केही घाइते भएको नेपाल प्रहरीले बताएको छ।

ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए। मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता जोशीले बताए।

उनले भने, 'सीमापारी भारतीय प्रहरी (कोतवाली) ले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ। घटनाको थप विवरण आउन बाँकी छ।' नेपाली यात्रुका लागि भारतका विभिन्न सहरमा आवागमन गर्न सीमापारीबाट भारतीय बस आफूखुसी ढंगले चलाउने गरिएको जनाइएको छ।

प्रकाशित: Jan 09, 2023| 12:46 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।