काठमाडौं- कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानविन गर्न गठिन उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ। सहसचिव हरिकुमार मैनाली संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझाउँदै संयोजक मैनालीले उक्त घटनामा प्रहरीबाट भएको कमजोरीबारे गृहमन्त्री थापालाई जानकारी गराएका थिए। प्रतिवेदनमा सशंकित व्यक्तिलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ।
१० साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो। हालसम्म अभियुक्त पक्राउ परेका छैनन्। प्रहरीले स्थानीय युवक दिलिपसिंह बिष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेपछि नक्कली अभियुक्त खडा गरिएको बताउँदै आन्दोलन चर्किएपछि छानविन समिति बनेको थियो। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डीआर्इजी तथा प्रदेश-७ सरकारका उपसचिव वीरेन्द्र केसी सदस्य थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४