शनिबार, जेठ ५, २०८१

इलिमिनेटरमा विराटनगर र काठमाडौं भिड्दै

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी लिगअन्तर्गत इलिमिनेटर खेलमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सको सामना गर्न लागेको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं – नेपाल टी–२० लिगमा आज इलिमिनेटर खेल हुँदैछ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी लिगअन्तर्गत इलिमिनेटर खेलमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सको सामना गर्न लागेको हो।

triton college

लिगमा विराटनगरले तेस्रो स्थान हाँसिल गरेको थियो भने काठमाडौं चौथो भएको थियो। लिगमा औषत सुरुआत गरेको काठमाडौं र कमजोर सुरुआत गरेको विराटनगर इलिमिनेटर राउन्डमा भेट भएका हुन्। लिगमा विराटनगरले १० अंक बनाएको थियो भने काठमाडौंले आठ अंक बनाएको थियो।

आज दुवै टिम दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछन्। दिउँसो १२ बजेबाट सुरु हुने खेलको विजेता टिमले भने दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सको सामना गर्नेछ।

जनकपुरले पहिलो क्वालिफायरको खेलमा लुम्बिनी अलस्टार्ससँग ६ रनको हार बेहोरेको थियो। यता लुम्बिनी भने फाइनल पुगिसकेको छ।

प्रकाशित: Jan 09, 2023| 10:36 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।