शुक्रबार, साउन १, २०८३

युवतीमाथि फेरि एसिड र छुरा प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नवलपरासी- एसिड प्रहारबाट रौतहटकी १८ वर्षे युवती सम्झना दासको ज्यान गएको घटना नसेलाउँदै नवलपरासीको कावासोतीमा फेरि एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । कावासोतीकी २७ वर्षीया बसन्ती परियारमाथी एसिड र छुरा प्रहार भएको हो । 

बसन्तीलार्इ उनकै छिमेकी विमल श्रीपालीले एसिड र छुरा प्रहार गरेका हुन् । साँझ तरकारी किनेर घर फर्कँदै गरेकी उनलार्इ बाटोमा नै छुरा र एसिड प्रहार भएको थियो । 

एसिड प्रहारबाट घाइते भएकी उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको २५ प्रतिशत शरीर जलेको छ । 

उनलार्इ एसिड प्रहार गर्ने श्रीपालीलार्इ प्रहरीले पक्राउ गरेको नवलपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले नेपाल समयलार्इ जानकारी दिए ।

यस्तो थियो घटना 
श्रीपाली र परियारबीच विगत लामो समयदेखि प्रेम सम्बन्ध रहेपनि दुवै विवाहित हुन् । बेग्ला बेग्लै पारिवारिक पृष्ठभूमिका भएपनि उनीहरुको दैनिक भेटघाट हुने गरेको थियो । 

उनीहरुबीच पछिल्लो समय उत्पन्न मनमुटावले यो घटना निम्त्याएको हुनसक्ने प्रहरीको अनुमान छ । आइतबार साँझ सब्जी किन्न गएकी परियार साँझ घर फर्कनेक्रममा श्रीपालीले एसिड र छुरा प्रहार गरेका थिए । 

एसिड र छुरा प्रहारपछि गम्भीर घाइते बनेकी उनलाई तत्काल चितवनस्थित भरतपुर अस्पतालको आइसीयूमा भर्ना गरी उपचार थालिएको छ । उनको अर्धचेत अवस्थामै उपचार भइरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।