सोमबार, जेठ ४, २०८३

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षीको लहरमा बस्ने

नागरिक उन्मुक्ति पार्टी संसद्मा प्रतिपक्षीको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

National life

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी संसद्मा प्रतिपक्षीको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको छ।

सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी नागरिक उन्मुक्ति पार्टीले गराएकाले त्यहीअनुसारको व्यवस्था गराएको संसद् सचिवालयले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्। उनले भनिन्, 'हामीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेका छौं। तर सरकारलाई विश्वासको मत दिन्छौं।'

संसदको पहिलो अधिवेशन सुरू हुनुअघि संसद् सचिवालयले राजनीतिक दलहरूलाई सत्तापक्ष वा प्रतिपक्षको लहरमा कता बस्ने भनेर सोध्ने गर्छ। त्यही क्रममा सचिवालयले तीन दिनअघि नागरिक उन्मुक्ति पार्टीलाई बस्ने ठाउँबारे सोधेको थियो। नेपाली कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपालाई प्रतिपक्षको लहरमा राखिने भएको छ।

प्रकाशित: Jan 08, 2023| 18:28 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...