बुधबार, पुस १६, २०८२

प्रदेश १ : २८ पुसमा सभामुखको निर्वाचन

आइतबार जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

विराटनगर- प्रदेश १ को सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ। आइतबार  जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

National life

उनका अनुसार मंगलबार बस्ने प्रदेशसभा बैठकले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ। उपसभामुखको निर्वाचन तालिका पुस २८ गते सार्वजनिक हुने भण्डारीले बताए।

सर्वदलीय बैठकले प्रदेशसभाको सोमबारको बैठक मंगलबारलाई सार्ने र सभामुखको अनुपस्थितमा बैठक सञ्चालनका लागि सबैदलबाट एक/एक जना सदस्य रहने निर्णय भएको प्रमुख सचेतक भण्डारीले बताए।

यसैबीच प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दावी पेश गरेका छन्। आइतबार दिउँसो ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष एमालेका कार्कीले दावी पेश गर्न लागेका हुन।

कार्कीले माओवादी, राप्रपा र जसपाको समर्थनमा दावी पेश गर्ने भएका हुन्।

Laxmi sunrise bank

प्रकाशित: Jan 08, 2023| 16:28 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।