आइतबार, मंसिर ७, २०८२

गृहमन्त्री लामिछानेमाथि अभिनेत्री सुरक्षा पन्तको कटाक्ष कविता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्बिर सेयर गर्दै उनले व्यंग्य गर्दै कविता लेखेकी छन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- अभिनेत्री सुरक्षा पन्त कलाकारसँगै अहिले द पोयट आइडलकी एक निर्णायक पनि हुन्। थोरै फिल्ममा काम गरे पनि अभिनय अब्बल रहेकै कारण सिने क्षेत्रमा उनको चर्चामा कहिले कमी आएको छैन। भिजे हुँदै अभिनय क्षेत्रमा आएकी सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुन्। उनले फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी थिइन्। 

National life

कान्समा रेड कार्पेटमा उत्रिएकी पहिलो नेपाली हिरोइनसमेत रहेकी पन्त सानैदेखि कविता पनि कोर्थिन्। कवि मन भएकी पन्त द पोयट आइडलको निर्णायक भूमिकाले होला हिजोआज आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन्। साथै सामाजिक सञ्जालमा कविता पोष्ट्याउन थालेकी छन्। मसँग विवादमा आउने कुनै प्रतिभा छैन भन्ने पन्त हालै उनले लेखेको ‘पिर्का’ शीर्षकको कवितासँगै उनी चर्चामा आएकी छन्। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्बिर सेयर गर्दै उनले व्यंग्य गर्दै कविता लेखेकी छन्। पिर्कालाई हिमालको बिम्बको रूपमा प्रस्तुत गर्दै उनले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गरेकी छन्। 

यस्तो छ कविता

“पिर्का”

Laxmi sunrise bank
kumari

के रहेछ पिर्काको कथा 

जसले पनि बोलेको हुन्छ 

के रहेछ हिमालमा  

जो पनि चढेको देखिन्छ  

पिर्का र हिमालमा केही त फरक हुन्छ 

नत्र हिमाल चढेपछि 

हिमालहरु,अरु,आँखा जुधाउँछन् 

आफूतिर बोलाउँछन् 

अनि गुनगुनाउँछन् आँटको गाथा 

चिसो हावाले गाला चिमोट्छ यसरी 

कति खेर! झरम जस्तो हुन्छ, तल्तिर 

लाज लागेर नि !

केही त अलौकिक छ उचाइमा 

पिर का! 

ओर्लन जान्ने 

ताल परे चढ्दिन जा! 

भन्ने मान्छे 

नभएर त पक्कै होइन?

यो त एउटा कालखण्ड, जसको घमण्ड!

कठै! बानी बन्दै हो

प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो

हामी आफै भन्दो हो?

“इतिहासको अगाडी कसैको केही लाग्दैन”

चुनि चुनि बुनि बुनि पठाएका 

आफ्नै मुटुका टुक्रा उभिँदा पनि

पिर्का फित्तिकै भाँचिदैन। 

मानौं!

स्वदेशी रोजगारी 

स्कुल देखि पदमा पुग्छे हाम्री पियारी! 

यता चढे उता बढे भने

खेतहरु बाँझो नहुने तयारी 

के भो त अनि?

पिर्काहरु अझै बन्नु पर्छ ।

जुन हेर्दा मैदान जस्तो होस् 

या होस् सूर्यमुखी फूल सरी

संरचना यसको फेरिनै पर्छ।

कम्तिमा पनि अन्जुली जस्तो त होस् 

जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

प्रकाशित: Jan 08, 2023| 15:02 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।