काठमाडौं- एनभीएको क्लब लिग विजेता त्रिभुवन आर्मीको महिला टोलीले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
च्याम्पियनसिपको पहिलो खेलमै उसले कृष्ण माध्यमिक एकेडेमीलाई हराउँदै सहज जित निलकोको हो। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा आमीले ३-० को जित निकालेको थियो।
खेलमो पहिलो सेटमा आर्मीले २५ अंक जोड्दा एकेडेमीले तीन अंक मात्र बटुल्न सकेको थियो। आर्मीको खेलअघि निकै कमजोर देखिएको एकेडेमीले दोस्रो सेटमा पाँच र चौथो सेटमा १० अंक बटुल्दै आर्मीले निर्धारित २५ अंक पाएको थियो।
यो जितसँगै तीन अंक जोडेको आर्मी समूह बीको शीर्षस्थानमा छ। आज महिलातर्फ दुई खेल भएका छन्। यसअघिको अर्को खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो। त्यस्तै पुरुषतर्फको खेलमा पुलिस क्लबले न्युटन भलिबल एकेडेमीलाई सोझो सेटमै हराएको थियो।