शनिबार, कात्तिक १, २०८२

डेस्सम फ्रान्समै रहने, कता जालान् जिदाने?

फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्याएका डिडिए डेस्सम आगामी चार वर्ष सम्मका लागि फ्रान्समै रहने भएका छन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं–  फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्याएका डिडिए डेस्सम आगामी चार वर्ष सम्मका लागि फ्रान्समै रहने भएका छन्। उनले फ्रान्सको फुटबल बोर्डसँग चार वर्ष अर्थात् सन् २०२६ को विश्वकपसम्मको लागि सम्झौतासमेत गरिसकेका छन्।

Kumaribank

यससँगै अर्का विश्वप्रसिद्ध प्रशिक्षक जिनेदिन जिदानेको भविष्यबारे प्रश्नहरु उठ्न थालेका छन्। किनभने उनी फ्रान्सेली फुटबल टिमको मुख्य प्रशिक्षक बन्न चाहन्छन्। सोहि कारण उनी लामो समयसम्म प्रशिक्षणबाट बाहिरै रहे। पूर्व रियल मड्रिड प्रशिक्षक जिदानेले लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिग जितेर त्यो पद दाबी पनि गरिसकेका छन्। उनका लागि फ्रान्सेली पत्रिल एक एक्युपले निकट भविष्यमै अनुबन्ध हुने टिमको अध्ययन गरेको जानकारी दिएको छ।

जिदानेले गत जुनमा दिएको एक अन्तर्वार्तामा पनि फ्रान्सको सिनियर फुटबल टिमलाई प्रशिक्षण गर्ने इच्छा देखाएका थिए। ‘म फ्रान्सको प्रशिक्षक बन्न चाहन्छु, अवश्य नै चाहन्छु र म त्यो चाँडै बन्नु भन्ने पनि लागेको छ। मलाई आशा छ एक दिन बन्नेछु,’ जिदानले भनेका थिए। ‘कहिले ? यो मेरो कुरा होइन। तर म फ्रान्सको पूरा वृत्तसँगै प्रशिक्षक बन्न चाहन्छु। यस्तो भयो भने वा यो जहिल्यै हुन्छ त्यो दिन नै थाहा हुनेछ। साथै यो मेरो मात्र कुरा पनि त होइन। फ्रान्सको राष्ट्रिय टिम निकै सुन्दर टिम पनि त हो,’ उनले भनेका छन्।

अब फ्रान्सको टिममा सम्भव नभएपछि उनको अन्य केही विकल्प रहेका छन्। उनका लागि ब्राजिल, पोर्चुगल र अमेरिका निकै उत्कृष्ट गन्तव्य हुन सक्नेछ। एल इक्युपले दाबी गरेको छ कि ब्राजिलमा जिदाने सम्मानसाथ रहने छन्। तर एउटा के विश्वास गरिएको छ भने जिदाने फ्रान्सबाहेक अन्य देशको प्रशिक्षकण गर्न चाहँदैनन्।

किनभने बोलिचालीको भाषा नमिल्नु पनि अर्को समस्याको विषय हो। तर महत्वपूर्ण विषय के छ भने आगामि विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गरिरहेका छन्। अहिलेको समयमा पोर्चुगलले भने बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टो मार्टिनेजलाई प्रशिक्षक बनाउनेबारे सोचिरहेको छ। यस्तोमा उनको विकल्प इटालीयन क्लब युभेन्टस पनि हुन सक्छ। तर युभेन्टसले आफ्नो गुमेको लय अहिले पहिल्याएको छ। र, तालिकको उँभो उक्लिरहेको छ। तर, उनलाई पिएसजीका कतारी मालिस आफ्नो क्लबमा भित्र्याउन चाहन्छन्। तर क्लबका केहि चिजमा काम गरेपछि मात्र जिदानेले पिएसजीमा प्रशिक्षण गर्ने बताएका छन्।

Metro Mart

प्रकाशित: Jan 08, 2023| 13:36 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।