शुक्रबार, मंसिर १२, २०८२

रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

National life
Laxmi sunrise bank
kumari

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको छ। आज बिहान ११:१५ मा त्रिभुवन विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० विमान रेसुंगा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको विमानस्थलमा १२ बजे अवतरण भएको हो।

तारा एयरले रेसुंगा नगरपालिकासँगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान सम्पन गरेको हो। तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जिव श्रेष्ठले उडान भरेका थिए।  जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसहित तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु थिए। 

विमानलाई स्वागत गर्न विमानस्ठलमा स्थानीयको ठूलो भीड लागेको थियो। विमानस्थलमा नियमित उडानका लागि कम्तिमा २ देखि ३ साता लाग्नेछ। 

प्रकाशित: Jan 08, 2023| 13:12 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।