शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रौतहट- जिल्ला अदालतले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ। ठेक्का लिने तर समयमा काम नसकी निर्माण कार्य अलपत्र पारेको आरोपमा उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

पछिल्लो पटक पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएर अलपत्र पारेको लालबकैया नदीस्थित टिकुलिया घाटमा डुंगा पल्टिदा पाँच जनाको मृत्यु भएको थियो। ८ भदौमा भएको डुंगा दुर्घटनाको मुख्य कारण अलपत्र छाडिएको पुलको पिल्लर भएको निष्कर्ष प्रहरीले निकालेको थियो। 

प्रहरीको निष्कर्षपछि पीडितहरूको किटानी जाहेरीका आधारमा अदालतले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला प्रहरीले उनलाई पटक-पटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आए पनि रौनियारले अटेर गरेपछि अदालतले पक्राउ पुर्जी जारी हाे।

पक्राउ पुर्जी आफूहरूले पाएको र पक्राउका लागि प्रहरी खटिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए। स्थानीय बासिन्दाको मागबमोजिम उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता देखाए पनि अदालतको आदेश नपाएकाले रोकिएको थियो। 

टिकुलिया घाटको पुल एक वर्ष देखि ठेकेदारले अलपत्र छाडेको छ। नदीमा पुल नभएकाले विकल्पका रूपमा डुंगा चढ्नुपर्ने बाध्यता छ। लामो समयदेखि ठेकेदार, कम्पनीका प्रतिनिधि र प्राविधिक कोही पनि साइटमा छैनन्। उपकरणहरू सबै खिया लागेर सड्न थालेको स्थानीयवासी बताउँछन्।  

२०७१ साल असार २९ गतेबाट निर्माणको काम शुरु गर्ने गरि पुलको शिलान्यास भएको थियो। १४ करोड ९३ लाख २७ हजार १ सय पचास रुपैयाँमा ठेक्का दिइएको पुल २५ असार ०७४ मै सकिनुपर्ने सम्झौतामा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।