बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाण्डौको आर्मी अफिर्सर क्लबमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाण्डौको आर्मी अफिर्सर क्लबमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

National life

अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा देशभरबाट ८०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता थियो। कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्ज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए। 

कार्यक्रममा विशेष कारणवश देशबाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै उनीहरुको सिकाइमा थप टेवा पुग्ने बताए। यसले उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ व्यवसाय विस्तारका लागिसमेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनको भनाइ थियो। 

यसका साथै उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिका बारेमा प्रकाश पारेका थिए। कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थिति थियो। 

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यवाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। 

Shivam cement

२०७९ असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्। 

कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: Jan 08, 2023| 13:00 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्