बुधबार, जेठ २७, २०८३

चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल

चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्विरोध निर्वाचित भएका छन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९
National life
Shivam cement

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्विरोध निर्वाचित भएका छन्। कम्पनीको यही पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा क्रमश हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो।

साथै सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकालज्यूलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्ष समेत हुन। लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।


प्रकाशित: Jan 08, 2023| 12:55 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्