शनिबार, कात्तिक १, २०८२

सातौं भलिबल च्याम्पियनसिप आजबाट, पहिलो खेलमा पुलिसको जित

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप काठमाडौंमा आजबाट सुरु भएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं– सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप काठमाडौंमा आजबाट सुरु भएको छ। प्रतियोगिता अन्तर्गतको महिलातर्फको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ।

Kumaribank

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार बिहान भएको खेलमा नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले सुखद सुरुआत गरेको हो। खेलको पहिलो सेटमा नयाँबजारले १० अंक जोड्दै पुलिसले निर्धारित २५ अंक बनाइसकेको थियो। दोस्रो सेट त नयाँबजारलाई पुलिसले छ अंक मात्र दियो। तेस्रो सेटमा नयाँ बजारले आठ अंक जोड्दै पुलिसले खेल आफ्नो पक्षमा पारेको थियो।

पहिलो खेलमै पुलिसले सानदार सुरुआत गरेको हो। यो खेलमा जित निकालेसँगै पुलिसले ३ अंक जोडेको छ। नयाँबजारले चाहिँ हारबाट सुरुआत गरेको छ ।

प्रतियोगितामा अहिले पुरुषतर्फको पहिलो खेल भइरहेको छ। प्रतियोगिताको पहिलो दिनमा पुरुषका दुई तथा महिलाको दुई खेल हुनेछन्। पुरुषतर्फका १४ र महिलातर्फका आड टिम सहभागी च्याम्पियनसिपमा पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन्। च्याम्पियनसिपमा विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन्। प्रतियोगिताकै सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन्। विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन्।

Metro Mart

यो, च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले आगामी संस्करणको एनभीए क्लब लिगका खेल्न पाउनेछ। क्लब लिगका लागि छनोट प्रतियोगिता समेत हो यो।

पुरुष टिमहरुः
समूह एः त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब

समूह बीः नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लब

समूह सीः नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश 

समूह डीः टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश

महिलातर्फ सहभागी टोलीः
समूह एः न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब

समूह बीः नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब


प्रकाशित: Jan 08, 2023| 12:30 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।