शनिबार, कात्तिक १, २०८२

यस्तो छ प्रधानमन्त्री कप महिला टी२० क्रिकेटको तालिका

नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट तालिका सार्वजनिक गरेको छ। क्यानले पुस २९ गतेबाट प्रदेश नम्बर १ को इटहरीमा प्रतियोगिता गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट तालिका सार्वजनिक गरेको छ। क्यानले पुस २९ गतेबाट प्रदेश नम्बर १ को इटहरीमा प्रतियोगिता गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

Kumaribank

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर १ ले मधेश प्रदेशको सामना गर्नेछ। त्यस्तै सोहि दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमतीको सामना गर्न लागेको छ।

माघ सात गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो दिन नेपाल एफिएफ क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ भने अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनीको सामना गर्नेछ। यससँगै प्रतियोगिताको पहिलो चरणका चार खेल सकिने छन्।

यो प्रतियोगितामा सहभागी आठ टिमलाई ४–४ टिमका दुई समूह बनाइएको छ। सहभागी सात प्रदेशमध्ये सुदूरपश्चिम, बागमती र गण्डकीसँगै विभागीय क्लब एपिएफ समूह एमा रहेका छन्। बाँकी चार प्रदेश (प्रदेश १, कर्णाली, लुम्बिनी र मधेस) समूह बीमा छन्। प्रतियोगिताको समूह चरणका सबै खेल माघ ४ गते सकिने छ भने माघ ५ गते ग्याप राखिएको छ। दुवै समूहबाट २–२ टिम सेमीफाइनलमा पुग्नेछ। त्यस्तै, फाइनल खेल भने ७ गते हुने तय छ।


प्रकाशित: Jan 08, 2023| 11:53 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।