शनिबार, कात्तिक १, २०८२

संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

कास्की- संकटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ। पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो। 

Kumaribank

सङ्कटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो। विजेता टोलीले १२ लाखसहित  शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

सङ्कटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक–एक गोल गरे। उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे। 

खेलको सातौँ मिनेटमा सुरजज्यू ठकुरीको गोलमा सङ्कटाले अग्रता लिएको थियो। यसैगरी खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो। 

खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन। निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो। तर एक सय १७औँ मिनेटमा सङ्कटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाउन सफल भए। 

Metro Mart

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सङ्कटाका सुनिल बल घोषित भए। उनले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन्। उत्कृष्ट मिडफिल्डरमा सङ्कटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा सङ्कटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड सङ्कटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गर्न सफल भए। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा सङ्कटाका सल्यान खड्गी घोषित भएका छन्। उनिहरु सबैले जनही २५ हजार पुरस्कार प्राप्त गरे। 

प्रकाशित: Jan 07, 2023| 20:15 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।