काठमाडौँ- यातायात व्यवसायीले मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन् । सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएपछि यातायात व्यवसायीले मंगलबारबाट अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार १० प्रतिशत भाडा बढाउने सहमति भएको थियो । यसअघि असोज ५ गते टिकट बुकिङ गर्ने सहमति भएपनि सरकारले इन्धनको भाउ बढाएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खोलेका थिएनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा वृद्धि गरेपछि आजबाट टिकट बुकिङ खोलिएको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरका अनुसार बस व्यवसायी समितिका जुनसुकै काउन्टरमा गएर यात्रुले टिकट बुकिङ गर्न सक्नेछन् ।
अग्रिम टिकट बुकिङ खुलेसंगै मंगलबार बिहानैबाट नयाँ बसपार्कमा यात्रुहरुको भिड लागेको छ । टिकट लिनेहरुको भिड ब्यबस्थापन गर्न बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४