शुक्रबार, साउन १, २०८३

निर्मला हत्या प्रकरण : अनुसन्धान अझै गोलचक्करमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्दै गर्दा अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । घटनाको प्रारम्भिक प्रमाण संकलनमा हेलचेक्र्यााईं भएका कारण अभियुक्त पत्ता लगाउन कठिन मात्र भएको छैन, अनुसन्धान नै गोलचक्करमा फसेको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टको समूहले घटनाप्रति नजरअन्दाज मात्र गरेन, पीडित पक्षलाई गरेको दुव्र्यवहारका कारण स्थानीय बासिन्दा आक्रोसित छन् । घटनाको निष्पक्ष छानविन माग गर्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको थियो ।

नेपाल प्रहरीको इतिहासमै अति विवादितमध्येको घटना हो यो । त्रुटिपूर्ण अनुसन्धान गरेका कारण एसपी बिष्टसहित डीएसपी ज्ञानबहादुर सेटी र अंकुर जीसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परिसकेका छन् ।

प्रहरी अधिकृतहरू नै निलम्बनमा परेका कारण अनुसन्धान प्रक्रियामाथि नै संशय पैदा भएको छ । स्थानीय प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकृतहरू निलम्बनमा परेकाले एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेर कञ्चनपुर पठाइसकिएको छ । यस्तै, डीआईजी (हाल एआईजी) धीरु बस्नेतको संयोजकत्वमा प्रहरी अधिकृतहरूमाथि छानविनका लागि अलग्गै समिति गठन भएको छ । 

यसअघि नै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा घटना छानविनका लागि समिति गठन गरिसकेको छ । तर, ती कुनै समितिले निर्मलाको हत्यामा संलग्न व्यक्ति/समूहको पहिचान गर्न सकेका छैनन् ।

एसपी बिष्टको निलम्बनपछि कञ्चनपुर प्रहरीको कमान्ड सम्हालेका एसपी कुवेरसिंह कडायत नेतृत्वमा एक सयभन्दा बढी स्थानीय बासिन्दासँग सोधपुछ गरिसकिएको छ । तर, अभियुक्तसम्म पुग्ने बलियो आधार फेला परेको छैन ।

प्रहरी प्रधान कार्यालयले नै घटनामा संलग्न हुन सक्ने आशंकामा २२ जनाभन्दा बढीलाई उपस्थित गराई बयान र पोलिग्राफ परीक्षणसमेत गरिसकेको छ ।

एसपी बिष्ट, उनका छोरा आयुष र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा किरणको डीएनएको नमूना संकलन गरिएको छ । डीएनए परीक्षणको नतिजा यसै साता आइसक्ने प्रहरीको भनाइ छ । पीडित परिवार र स्थानीय बासिन्दा डीएनए परीक्षणको नतिजा पर्खेर बसेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।