सोमबार, जेठ ४, २०८३

आइतबार काठमाडौं ओर्लिंदै नयाँ चिनियाँ राजदूत छन सोङ

दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

National life

काठमाडौं– नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आइतबार बिहान काठमाडौं आउने भएका छन्। सोङ गत २७ डिसेम्बरमा नेपाल आउने तय भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो। 

राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गर्नेछन्। 

दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए। चार वर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ फर्केको एक महिनापछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो।

प्रकाशित: Jan 07, 2023| 14:54 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...