मंगलबार, वैशाख ८, २०८३

फुटबलर प्रीति राईलाई उम्ब्रो नेपालको प्रायोजन

उम्ब्रोले मिडफिल्डर प्रीतिलाई ६ लाख बराबरको प्रायोजन गरेको जानकारी दिएको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अट्याकिङ मिडफिल्डर प्रीति राईलाई उम्ब्रो नेपालले प्रायोजन गरेको छ। शुक्रबार उम्ब्रोले मिडफिल्डर प्रीतिलाई ६ लाख बराबरको प्रायोजन गरेको जानकारी दिएको हो।

National life

कार्यक्रममा प्रीति र उम्ब्रोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार प्रीतिले आधा नगद र बाँकी खेलकुद सामग्री प्राप्त गर्नेछन्। भाटभटेनी होल्डिङ्स कम्पनीका बिजनेस हेड आलोक जोशीले प्रीतिले वर्षभरि उम्ब्रोका सामग्री प्रयोग गर्ने बताए।

‘हामीले प्रीतिलाई स्पोन्सर गरेका छौं। यसले अन्य कम्पनी पनि खेलाडीसँग जोडिनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने। प्रीतिले आफूले बच्चैदेखि फुटबल खेल्न गरेको संघर्षको बयान गरेकी छन्।

समाजमा छोरी मानिसले फुटबल खेल्दा फरक र हेय नजरले हेरिने कुरा अनुभव गरेको प्रीतिले सुनाएकी छन्। तर परिवारले जहिल्यै पनि सहयोग गरेका कारण खेलाडी बन्न सकेको उनले बताइन्। गत भदौमा काठमाडौंमा आयोजना भएको छैटौं महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि उम्ब्रोले प्रीतिलाई प्रायोजन गर्ने घोषणा गरेको थियो।

अहिले प्रीति साफ यू–२० महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा छन्। १९ वर्षीया प्रीतिले सिनियर टिमबाट समेत खेलिसकेकी छन्। उनले गएको वर्ष दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्।

kumari

उनले उमेर समूहमा खेल्नुका साथै कप्तानीसमेत गरिसकेकी छन्। यू १८ राष्ट्रिय फुटबल टिमको कप्तानी गरिसकेकी प्रीति यू १५ समेतको कप्तान बनिसकेकी छन्।

प्रकाशित: Jan 07, 2023| 13:45 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।