काठमाडौं- मार्कुस रासफोर्डको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले शुक्रबार राति एभर्टनमाथि ३–१ को जित निकालेको छ। सहज जितपछि युनाइटेड एफए कपको चौथो चरणमा स्थान बनायो।
खेलको चौथो मिनेटमा एन्टोनीले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। १४औं मिनेटमा कोनर काउडेले एभर्टनलाई खेलमा फर्काए।
५२औं मिनेटमा एभर्टनका काउडेको आत्मघाती गोलमा युनाइटेडले अग्रता लियो। इन्जुरी समयको सातौं मिनेटमा रासफोर्डले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको जित पक्का गरे।
जारी सिजन सबैखाले प्रतियोगिता गरि युनाइटेडले जितेको यो लागातार सातौं खेल हो। २०१९ मा तत्कालिन प्रशिक्षक ओले गनर सोल्सायरको प्रशिक्षणपछि युनाइटेडले लगातार सात खेलमा पहिलो पटक जित निकालेको हो।