शुक्रबार, साउन १, २०८३

आजका अखबार : यौन प्रस्ताव अस्विकार गर्दा एसिड आक्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले एसिड आक्रमणमा परि घाइते भएकी सम्झना दासको मृत्यु भएको विषय मुख्य प्राथमिकतामा पारेका छन् । 

एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी रौतहटकी १८ वर्षीया सम्झना दासको आतबार राती निधन भएको छ । एसिड प्रहार भएको १२ औँ दिनमा उनको मृत्यु भएको हो । उनको शरिरको ३५ प्रतिशत भाग एसिडले जलेको थियो । 

यौन प्रस्ताव अस्विकार गर्दा ५० वर्षीय रामबाबु पासवाले सम्झनामाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ । पासवानले पटक पटक गरेको यौन प्रस्ताव अस्विकार गरेकाले एसिड प्रहार गरेको स्विकारेका छन् । सम्झनाले होसमा हुँदा यो विषयमा आफ्ना बुवालाई पनि बताएकी थिइन् । 

यसै विषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले सम्झना रहिनन् शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले सम्झना अब सम्झनामा शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले एसिड आक्रमणमा घाइते सम्झना दासको मृत्यु शीर्षकमा खबर छापेको छ । एसिडकै विषय उठान गर्दै कान्तिपुरले सजिलै पाइनु घातक शीर्षकमा अर्को खबर पनि छापेको छ । 

आजको नयाँ पत्रिका दैनिकले पाँच हजार मेगावाटको पञ्चेश्वर २३ वर्षसम्म डिपीआर समेत बनेन शीर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्री भएको तेस्रो महिनामै नेपाल आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर ब्युँताएका थिए । तर, चार वर्षमा प्रगति शून्य भएको छ । जसको डिपीआर मै सहमति जुट्न नसकेको समाचारमा जनाइएको छ । 

आजको नागरिक दैनिकले भने स्थानीय तहमा अवैध निकासी कर शीर्षकमा मुख्य समाचार छापेको छ भने अस्पताल तथा रिसर्च सेन्टरः सुविधा लिनमात्रै दर्ता शीर्षकमा विशेष खबर लेखेको छ । आजको अन्नपूर्णले सरकार गर्जिन्छ, झुक्छ शीर्षकमा कार्टुन सहितको विशेष खबर छापेको छ । 

सजिलै पाइनु घातक 

आजको कान्तिपुर दैनिकमा प्रकाशित खबरअनुसार बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् । 

यस्तो आक्रमण विश्वमै सबभन्दा बढी आफ्नो देशमा हुन थालेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ साथै एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गर्दै बंगलादेशले यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि चलाउँदै आएको छ ।नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

एसिड सर्भाइभर फाउन्डेसन, बंगलादेशको तथ्यांकअनुसार त्यहाँ सन् १९९९ देखि २०१७ सम्ममा एसिड आक्रमणका ३ हजार ३ सय ८६ घटना भइसकेका छन् । सन् २०१८ को अगस्टसम्ममा एसिड आक्रमणका १५ घटना बंगलादेशमा भए, जो अघिल्ला वर्षहरूको आँकडामा निकै कम हो । एसिड उपलब्धतामा कडा व्यवस्था र कारबाहीका कारण नै घटनामा कमी आएको हो ।

नेपालमा भने यस्ता घटना बढिरहेका छन् । चिकित्सकहरूका अनुसार कानुन कमजोर हुनु, जनचेतना नहुनु र एसिड सजिलै पाइनु नै यस्ता अपराधका मूल कारण हुन् । नियमन, नियन्त्रण तथा कारबाहीमा कडाइ गर्न विलम्ब गरे नेपालमा अवस्था विगतको बंगलादेशमा जस्तै भयावह हुने संकेत देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।