काठमाडौं- २०७२ को भूकम्पले भत्काएको गद्दी बैठकको पुनर्निमार्णपछि राष्ट्रपति विद्यादेवि भण्डारीले पहिलोपटक इन्द्र जात्रा अवलोकन गरेकी छन्।
राष्ट्रपति भण्डारीले इन्द्र जात्राको मुख्य दिन सोमबार साँझ हनुमानढोका गद्दी बैठक पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन्।
उक्त अवसरमा कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुख पनि इन्द्र जात्रा समारोहमा सहभागी थिए ।
इन्द्रजात्रा अवलोकन गर्नु अघि राष्ट्रपतिले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ गरिन्।
वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलार्इ पुजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसै दिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रहि आएको छ।
बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर गत शुक्रबार इन्द्रजात्रा सुरु गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...