काठमाडौं- गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन। उनलाई उच्च अदालत पाटनका कर्मचारीमाथि ज्यान मार्ने कोशिश गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको जनाइएको छ।
ललितपुर प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरी ज्यानमार्ने उद्योगको अभियोग लगाएको महानगरिय प्रहरी परिषर ललितपुरले जनाएको छ।
उनलाई ललितपुर जिल्ला अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको परिषरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४